उर्लाबारी मेयर कप फुटवल : वडा नम्बर ६ विजयी


उर्लाबारी, १५ फागुन । उर्लाबारीमा आजदेखि सुरु तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ६ विजयी भएको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको प्रतियोगितामा वडा नम्बर ३ लाई २ – ० ले हराउँदै वडा नम्बर ६ विजयी भएको हो ।

वडा नम्बर ६ को जितमा जंगबहादुर खड्का एक्लैले २ गोल गरेका थिए । उनी म्यान अफ द म्याच समेत घोषित भएका थिए । फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको छ ।

प्रतियोगितामा भोली वडा नम्बर ५ र ९ बीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्