उर्लाबारी मेयर कप फुटवल : उद्घाटन खेलमा वडा नं. ३ र ६ भिड्दै


उर्लाबारी, १५ फागुन । उर्लाबारीमा आजदेखि तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको र आज दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय भएको छ ।

उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल फागुन २३ गते हुनेछ । प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाका टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा आज उर्लाबारी ३ र ६ बीच प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्