मेची महाकाली बुहारी संयुक्त आवाज दमकले गर्यो ५ दिने उद्घोषण तालिम


झापा, १४ फागुन । मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले दमक नगरपालिकाको सहयोगमा आयोजना गरेको ५ दिने उद्घोषण सीप क्षमता बिकास तालिम आज सम्पन्न भएको छ।

दमक उपशाखा संयोजक जमुना निरौला अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाको विशिष्ठ आतिथ्यता रहेको थियो । तालिमलाई नेपाल जेसिजका पूर्व केन्द्रिय उपाध्यक्ष , तथा सहजकर्ता मञ्जरी घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन उपशाखा दमक सचिब रिना राई चेम्जोङले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपशाखा दमक उपाध्यक्ष सीता श्रेष्ठले राख्नु भएको थियो । मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्यक्षमा यमु शर्मा सुब्बा हुनु हुन्छ भने उपाध्यक्ष चन्द्रा काफ्ले रहनुभएको छ । महिलाहरुमा बोल्ने र उद्घोषण गर्ने क्षमता बढाउनका लागि तालिम आयोजना गरेको दमक उपशाखा संयोजक जमुना निरौला अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्