वालिकाको हत्यारालाई कडा कारवाही गर्न सांसद खतिवडाको माग


मोरङ । मोरङ क्षेत्र नम्वर १ का संघीय सांसद धनश्याम खतिवडाले लेटाङ नगरपालिका – ८ की १२ वर्षीया बालिका करूणा राईको बलात्कारपछि हत्या घटनाका दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ ।

उहाँले घटना कोअपराधीलाई हदै सम्मको कडा भन्दा कडा कारवाही गर्न र त्यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सबैले डटेर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संघीय सांसद खतिवडाले करूणा राईप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना ब्यक्त गर्नुभएको छ । लेटाङ्ग ८ जाते माविमा कक्षा ६ मा पढने राईको हत्या भएको थियो ।

ज्यामिरे टोलकी १२ वर्षीया राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई प्रहरी पक्राउ गरिसकेको छ । गिरीले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्