रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


रतुवामाई । मोरङको रतुवामाई नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय रतुवामाई ६ कादुपाडाको व्यवस्थापनमा फागुन १८ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

तीन दिन सम्म चल्ने प्रतियोगिताका सबै खेलहरु सरस्वती मावि कादुपाडाको खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताकोमा एथलेटिक्सका खेलहरु र भलिबल हुने व्यवस्थापक विद्यालयका शिक्षक दिनेश कुमार बिष्टले जानकारी दिए । प्रतियोगितामा रतुवामाईभित्र रहेका मावि तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने पनि शिक्षक बिष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्