उर्लाबारी वडा नम्बर ७ को टिमलाई खेलकुद सामाग्री हस्तान्तरण


उर्लाबारी, १२ फागुन । उर्लाबारीमा यही फागुन १५ गतेदेखी सुरु हुने उर्लाबारी मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ७ को टिमलाई आज खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरी उर्लाबारी ७ का वडाध्यक्ष बिरवल थापा,वडा सदस्य छत्र कार्की, नेपाली काँग्रेस उर्लाबारी ७ का सभापति मदनबाबु प्रसाई लगायतले वडा नम्बर ७ को टिमलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो सामाग्रीलाई रमेश भण्डारी, बेचन यादव, भुपाल काफ्ले, नविन श्रेष्ठ, भेषराज महतो, भगेन्द्र भट्टराई र मदनबाबु प्रसाईले सहयोग गर्नुभएको थियो ।

वडा नम्बर ७ को फुटवल टिमको म्यानेजरमा बिक्रम चापागाई रहनुभएको छ भने टिम व्यवस्थापन समितिका अध्यक्षमा पुर्ण सिंघक लिम्बु, उपाध्यक्षमा सुमन कार्की, सचिवमा जिवन चिमरिया, सदस्यमा नविन थापा, सन्तोष निरौला, भुपाल काफ्ले र बेचना यादव रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्