उर्लाबारी ३ मा एमाले प्रवेशको लहरसँगै चन्दने टोल कमिटी गठन


उर्लाबारी, ९ फागुन । नेकपा एमाले उर्लाबारी – ३ चन्दने टोल कमिटी विष्णु बोहोराको अध्यक्षतामा आज गठन भएको छ। नवगठित कमिटीको उपाध्यक्षहरूमा अमृत परियार, उदय बुढाथोकी, शंखर बोहोरा रहुभएको छ भने सचिवमा निर्मला निरौला र सह सचिवमा पकली भुजेल रहनु भएको छ।

चन्दने चौकमा आज सम्पन्न सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५ जना नेकपा एमालेमा प्रबेश गर्नु भएको छ । अमृतकुमार परियार, पकली भुजेल, तारा चौधरी, कुमारी खवास, दैवती उराउ, लिलावती चौधरी, प्रेमबहादुर बोहोरा, निशा पाँचकोटी, ललिता श्रेष्ठ, अम्मरलाल खवास, रामकुमारी खवास, शान्ति चौधरी, शिवकुमारी चौधरी,राज लिम्बु, रञ्जित कुमाल लगायत एमालेमा प्रबेश गर्नुभएको हो ।

नव प्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगा बास्तोला र एमाले वडा नम्बर ३ का अध्यक्ष भिष्म बुढाथोकीले स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्