उर्लाबारीमा बालबालिकाको क्षेत्रमा सक्रिय बन्दै किवानिज क्लब


उर्लाबारी, ८ फागुन । बालबालिकाको क्षेत्रमा उर्लाबारीमा किवानिज क्लब उर्लाबारी सक्रिय हुन थालेको छ । भर्खरै उर्लाबारीमा गठन भएको विश्वकै पुरानो किवानिज क्लब बालबालिकाको क्षेत्रमा क्रियाशिल रहेको छ ।

किवानिज क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिज इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको किवानिज क्लब उर्लाबारीका अध्यक्ष दुर्गा भट्टराईले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो ।

उर्लाबारीमा बालबालिकाको क्षेत्रमा हामी अभियानकै रुपमा काम गर्नेछौँ भट्टराईले भन्नुभयो । केही साताअघि किवानिज क्लब उर्लाबारीले उर्लाबारी – १ स्थित बालज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण गरेको थियो । यस्तै किवानिज क्लबकै सदस्य दिपक आले मगरले पनि आफ्नो जन्मदिन उर्लाबारी ७ स्थित नमुना बाल गृहमा मनाउनुभएको छ । किवानिज क्लबको सदस्य भएपछि बालबालिकाको क्षेत्रमा लाग्न उत्प्रेरित भएको आले मगरले बताउनुभयो । मगरका अनुसार बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यान्न, व्यवहारिक शिक्षा, लगायत बालबालिकाको आवश्यता अनुसारको काम किवानिज क्लबले गरिरहेको छ ।

किवानिज चिल्ड्रेन फन्ड नेपालको आयोजनामा किवानिज चिल्ड्रेन फन्ड नेपाल ओरेन्टटेसन एण्ड प्लानिङ वर्कसव कार्यक्रम भर्खरै काठमाण्डौँमा सम्पन्न भएको छ । कार्यक्रममा फन्ड राइजिङ मोबिलाइजेसन र त्यसलाई कसरी अघि बढाउने भन्ने बिषयमा मुख्य प्रशिक्षक रुपमा रहेका पुर्व अस्ट्रेलियन राजदुत महेश दाहाल, डिस्ट्रिक गर्भनर एकराज पन्त र  डिस्ट्रिक ट्रेनर एन्जिला खड्काले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा किवानिज चिल्ड्रेन फन्ड नेपालका शमसेर पराजुली ,किवानिज क्लब नेपालका डिस्ट्रिक प्रेसिडेन्ट इलेक्ट लक्ष्मण लम्साल,  किवानिज क्लब अफ नेपालका भाइस चियर तिर्थकुमार सिंह, किवानिज क्लब उर्लावारीका चाटर प्रेसिडेन्ट दुर्गाप्रसाद भट्टराई, किवानिज क्लव अफ बिर्तामोडबाट चाटर प्रेसिडेन्ट सिकुम सुन्दर लावती, प्रेसिडेन्ट इलेक्ट चन्द्रकला दहाल ,किवानिज क्लव अफ इटहरीका भाइस प्रेसिडेन्ट मनिता तामाङ , किवानिज क्लब सुन्दरहरैचाका अध्यक्ष अध्यक्ष बिनोद भट्टराई, सदस्य यादव पौडेल लगाएत देशभरका ६० क्लबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्