जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा मधुमल्ला चिल्ड्रेनकी छात्रा प्रथम


उर्लाबारी । मोरङ जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा उर्लाबारी – १ स्थित मधुमल्ला चिल्ड्रेन एकाडेमीकी छात्रा सर्वोत्कृष्ट भएकी छिन् । प्रजातन्त्र दिवसको अवसरमा पारेर संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा सम्पन्न भएको उक्त प्रतियोगितामा एकाडेमीको कक्षा ८ मा अध्ययनरत छात्रा गिता श्रेष्ठ प्रथम भएकी हुन् ।

श्रेष्ठले चित्रकला प्रतियोगितामा जिल्लाका अन्य विद्यालयलाई उछिन्दै सर्वोत्कृष्ट भएर मधुमल्ला चिल्ड्रेन एकाडेमीको गरिमा उच्च राखेको फाउण्डर प्रिन्सिपल नेत्रप्रसाद गड्तौलाले बताउनुभयो । प्रथम भएकी छात्रा श्रेष्ठले नगद रु ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्