एमाले साविक राजघाट – २ टोल कमिटी गठन, अध्यक्षमा शम्भु धिमाल


उर्लाबारी, ७ फागुन । उर्लाबारीका वडाहरुमा नेकपा एमालेले टोल कमिटी गठन तिब्र पारेको छ । नेकपा एमाले जिल्ला कमिटीको निर्देशन अनुसार जिल्लाभर टोल कमिटी गठन कार्यक्रम भईरहेका छन् ।

आज उर्लाबारी ८ मा एमाले साबिक राजघाट – २ टोल कमिटी गठन गरिएको छ । शम्भु धिमालको अध्यक्षतामा ६५ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले उर्लाबारी ८ का सचिव सुनिल धिमालले जानकारी दिनुभयो । टोल कमिटीको उपाध्यक्षमा जिवन निरौला, सचिवमा गणेश खनाल, उपसचिवमा इन्दिरा पौडेल र धर्म भट्टराई रहनुभएको छ ।

टोल कमिटी गठन कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी, जिल्ला सदस्य उमाकान्त गौतम , वडाध्यक्ष कुलबहादुर कार्की, एमाले नेता गंगा खरेल, एमाले वडा नम्बर ८ का वडा अध्यक्ष अग्नी सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्