उर्लाबारी–३ सानो सुनपकुवामा एमालेको टोल कमिटी गठन


उर्लाबारी, ६ फागुन – नेकपा एमाले उर्लाबारीले टोल कमिटी गठन प्रक्रियालाई तीब्रता दिएको छ । प्रत्येक वडाका टोल टोलमा पुगेर एमालेले कमिटी गठन गर्ने क्रममा आज उर्लाबारी–३ को सानो सुनपकुवा टोलमा मानबहादुर धिमालको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरेको नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिए ।

उक्त टोल कमिटीको उपाध्यक्षमा ख्याम धिताल, सचिवमा अर्जुन पौडेल, सहसचिवमा संजिता धिमाल रहेका छन् । यस्तै, सदस्यहरुमा दुर्गा पौडेल, केन्द्र धिमाल, विदुर रिजाल, दुर्गा दाहाल, इश्वरी चापागाई, गीता चापागाई, अनुस दाहाल, धनबहादुर धिमाल, तिलबहादुर धिमाल, सुसीला धिमाल, अमर निरौला, रुपा दर्जी, रीता कार्की, लोकबहादुर धिमाल, दुर्गा धिमाललगायत रहेका छन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य अमर धिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले उर्लाबारीका अध्यक्ष गंगा बास्तोला, वडा नं. ३ शाखा कमिटीका अध्यक्ष भीष्म बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्