बसले ठक्कर दिदा उर्लाबारीमा एकको मृत्यु


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वाड नम्बर-१ को उर्लाबारी-मधुमल्ला सड्क खण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

बिहीवार अपरान्ह करिब १६:३५ बजेको समयमा उर्लाबारी नगरपालिका – १ टपुस्थित उर्लाबारी – मधुमल्ला सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको बा १ क ५६०९ नं. को बसले पैदलयात्री लाई ठक्कर दिएको थियो ।

मोरङ मिक्लाजुङ गाउँपालिका वाड नं. ३ बस्ने बर्ष ५६ को भक्तबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो । बसको ठक्कर पश्चात् गम्भीर घाईते बनेका श्रेष्ठलाई उपचारका लागि उर्लाबारी स्थिति अरनिको अस्पतालमा उपचारका लागि ल्याईएको थियो ।

घाईतेको अबस्था गम्भीर भएका कारण थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारका क्रममा बिहिवार राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्