लेटाङ नगरपालिकाले गरिदियो श्रमिकहरुको निशुल्क स्वास्थ्य विमा


लेटाङ ५ फागुन । लेटाङ नगरपालिकाले विभिन्न क्षेत्रमा काम गर्ने २३ जना श्रमिकहरुलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । आज नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरप्रमुख शंकर राईले श्रमिकहरुलाई स्वास्थ्य विमाको कार्ड हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख राईले आर्थिक रुपमा विपन्न रहेका श्रमिकहरुले आफ्नो स्वास्थ्य उपचार गराउनका लागि पैसाको अभावमा रोग पालेर बस्नुपर्ने अवस्था नआओस भनेर स्वास्थ्य विमा गरिदिएको वताउनुभयो । उहाँले स्वास्थ्य विमा गरेपछि निशुल्क उपचार पाईने भएको कारण सबैले स्वास्थ्य विमा गर्नुपर्नेमा जोड दिनुभयो । आफु श्रमिकको हितमा सधै लागिरहने बताउदै आफ्नो समस्या खुलस्त बताउन आग्रह गर्नुभयो । श्रमको उचित ज्याला पाउनुपर्नेमा आफुले जोड गरिरहेको बताउदै यसप्रति सवैको ध्यान जानपर्ने वताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौलाले महिला श्रमिकहरु श्रमको क्षेत्रमा पुरुष भन्दा बढी जोखिममा रहेको बताउदै स्वास्थ्य विमाको सेवा वाट फाईदा पुग्ने वताउनुभयो । उहाँले नगरपालिका सधै श्रमिकको हकहितमा काम गर्ने समेत बताउनभयो ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष सन्तोष कार्की, लेखा अधिकृत सुशिल वास्तोला, स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरी लगायतले स्वास्थ्य विमाको महत्वका बारेमा स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्