उर्लाबारीमा मेयर कप वडा स्तरीय फुटवल फागुन १५ देखी


उर्लाबारी, ५ फागुन । उर्लाबारीमा यही फागुन १५ देखी २१ गतेसम्म तेश्रो मेयर कप वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक उर्लाबारी फुटवल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता संयोजक बिशाल तामाङका अनुसार प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहनेछ । खेल उर्लाबारी ६ स्थित राधिका माविको खेल मैदानमा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ७५ हजार र उपविजेताले १ लाख १५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

यसवर्ष समापनको अवसरमा राष्ट्रिय स्तरमा पुगेका उर्लाबारीका खेलाडीहरुलाई नगदसहित सम्मान समेत गरिने प्रतियोगिता संचालन समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी नगरपालिका रहने र खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ६ भिड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्