कानेपोखरीमा एमाले नेताहरुलाई विभिन्न जिम्मेवारी


कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँपालिका कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ । बुधबार गाउँपालिका कमिटीको अध्यक्ष सुशिल बुढाथोकीको अध्यक्षतामा सम्पन्न तेस्रो बैठकले पालिका सचिवालय र वडागत इन्चार्ज र सहइन्चार्ज तोकेको छ । प्रमुख अतिथि केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज विनोद ढकाल, विशिष्ट अतिथिहरु केन्द्रिय अनुसाशन आयोगका सदस्य राजमती इङ्नाम र प्रदेश सदस्य रामकुमार बस्नेत, अतिथिहरु जिल्ला अध्यक्ष ऋिषिकेश पोख्रेल, जिल्ला सदस्य भोला अधिकारी, नविन पौड्याल, दानबहादुर बस्नेत, भूपाल श्रेष्ठ, खेमकुमारी दाहालको उपस्थितमा पालिका सचिवालय निर्माण र वडागत इन्चार्ज र सह–इन्चार्ज तोकेको हो ।

पालिकाका सचिवालयमा अध्यक्ष सुशिल बुढाथोकी, उपाध्यक्ष यशोदा लिम्बु, सचिव चरण गुरुङ, उपसचिव कृष्ण थामी र वीर बहादुर कार्की, सदस्यहरु कुलबहादुर लुङ्गेली मगर, लक्ष्मि प्रसाद रिजाल, गोपाल कार्की, कमला ओझा, चन्द्र खड्का, लक्ष्मि दाहाल, दिनेश सुब्बा लिम्बु, इश्वरी बस्नेत, राजकुमार लिम्बु, सोभा खनाल रखिलाल चौधरी, भोजकुमार राई, गोपाल भट्टराई, मोहन प्रसाद अधिकारी, नारायण बस्नेत, अम्बिका दाहाल, सुशिला श्रेष्ठ र दुर्गा नेपाली रहेका छन् ।

वडागत इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी
वडा नम्बर १ मा इन्चार्ज कुलबहादुर लुङ्गेली मगर, सहइन्चार्ज देवीन आले मगर र सुक्ला किस्कु, वडा नम्बर दुईमा इन्चार्ज गोपाल कार्की, सहइन्चार्ज लक्ष्मि प्रसाद रिजाल र अभिनारायण लुईटेल, वडा नम्बर ३ मा इन्चार्ज चन्द्र खड्का, सहइन्चार्ज लक्ष्मि दाहाल र सोम प्रसाद पौडेल, वडा नम्बर ४ मा इन्चार्ज दिनेश सुब्बा लिम्बु र सहइन्चार्जमा इश्वरी वस्नेत र उमेश पौडेल, वडा नम्बर ५ मा इन्चार्ज रखिलाल चौधरी, सहइन्चार्जमा भोजकुमार राई र पित बहादुर धिमाल, वडा नम्बर ६ मा इन्चार्ज नारायण बस्नेत, सहइन्चार्ज राजकुमार लिम्बु र भोला प्रसाद पराजुली, त्यसैगरी वडा नम्बर ७ मा इन्चार्ज मोहन प्रसाद अधिकारी, सहइन्चार्जमा हरिप्रसाद न्यौपाने र जीत वहादुर लिम्बुलाई जिम्मेवारी दिएको छ । पार्टी गाउँपालिका कमिटीको सल्लाहकार समिति पनि गठन भएको छ । एमालेको विद्यान अनुसार कमिटीको ५० प्रतिशत सल्लाहकार समिति गठन गर्न पाउने व्यवस्था छ । पार्टी गाउँपालिका कमिटीको सल्लाहकार समितिको संयोजक हेमचन्द्र भण्डारी भएका छन् । त्यसैगरी अन्य सदस्यहरु वडागतरुपमा समितिमा समेटीएका छन् ।

प्रमुख अतिथि केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज विनोद ढकाल, विशिष्ट अतिथिहरु केन्द्रिय अनुसाशन आयोगका सदस्य राजमती इङ्नाम र जिल्ला अध्यक्ष ऋिषिकेश पोख्रेलले जिम्मेवारी प्राप्त गरेकाहरुलाई बधाई तथा शुभकामना दिदै गाउँपालिका भित्रको एमाले संगठन बलियो बनाउन निर्देशन दिएका थिए । जताभावी उमेद्वार घोषणा गर्ने र पार्टीको हित विपरी नलाग्न सवैलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्