सूर्य साकोसको २५ औँ साधारणसभा सम्पन्न
उर्लाबारी । उर्लाबारी नगरपालिका ६ मा अवस्थित श्री सुर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आज समापन भएको छ । महारुद्र शिवालय मन्दिर परिसरमा आयोजित साधारणसभा संस्थाका अध्यक्ष तेजनाथ घिमिरेको अध्यक्षता तथा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
साधारणसभामा सचिव गोपालप्रसाद भट्टराईद्धारा प्रस्तुत संस्थाको प्रतिवेदन, कोषाध्यक्ष दिपक भट्टराईद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रेमबहादुर बोहोराद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सुझाबसहित पारित भएको थियो । साधारणसभामा प्रमुख अतिथी पौडेलसहित, समाजसेवी भक्तिप्रसाद पोख्रेल र हाम्रो साकोसका कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले साधारणसभा सफलताको शुभकामना दिनु भएको थियो । साधारणसभाले गोपालप्रसाद भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ ।