मोरङ मोडलको स्वागत तथा विदाई कार्यक्रम


उर्लाबारी । उर्लाबारी नगरपालिका – ६ मा अवस्थित मोरङ मोडल आवशिय सेकेण्डरी स्कुल कलेजले आज विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको छ । उर्लाबारी ४ स्थित वशिष्ठ रिसोर्टमा आयोजित कार्यक्रममा कलेजले कक्षा ११ मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्वागत र बिबिएस चौथो वर्ष अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरेको कलेजका प्रमुख हेमन्त गौतमले जानकारी दिनुभयो ।

कलेजका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षता तथा उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र प्याब्सन उर्लाबारीका अध्यक्ष सुर्य पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । स्कुल तथा कलेजका विषयमा प्रिन्सिपल मात्रिकाप्रसाद खतिवडाले प्रष्ट पार्नुभएको कार्यक्रममा कलेजमा योगदान दिनुभएका योगेन्द्र बस्नेत, सन्दिप पौडेल र अमर कटुवाललाई सम्मान् समेत गरिएको थियो ।

कार्यक्रममा बिबिएस चौथो वर्षको नतिजामा देशभरमै उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी दिवस श्रेष्ठ र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी मुना भण्डारी र रितिका भण्डारीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी, विशिष्ठ अतिथी लगायतले उर्लाबारीको शैक्षिक क्षेत्रमा मोरङ मोडलले पुर्याएको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्