दोस्रो मोरङ जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि डाँगीहाटलाई


विराटनगर। मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न दोस्रो मोरङ जिल्ला स्तरीय आईटीएफ प्रतियोगिताको उपाधि डाँगीहाट आईटीएफ तेक्वान्दो डोजाङले जितेको छ। आज विराटनगरमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण जित्दै डाँगीहाटले उपाधि जितेको हो।

डाँगीहाट डोजाङ ७ स्वर्ण सहित ६ रजत र ४ कास्य पदक जित्न समेत सफल भएको थियो।

दोस्रो स्थानमा रहन सफल विराटनगर महानगरपालिका वडा नं १० आईटीएफ तेक्वान्दो डोजाङले ६ स्वर्ण सहित ६ रजत र ४ कास्य जितेको थियो भने तेस्रो स्थानको युमी स्कुल आईटीएफ तेक्वान्दो डोजाङले ४ स्वर्ण साथै ६ रजत र ४ कास्य जित्न सफल भएको मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका उपाध्यक्ष ओम श्रेष्ठले बताउनु भयो।

प्रतियोगितामा विजयी खेलाडी र टिमलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम), नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्की, नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष रोहित कोइराला, उद्योगी अरुण राठीलगायतले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्नु भएको थियो।

प्रतियोगितामा मोरङ जिल्लामा ७ डोजाङबाट विभिन्न तौल समूहको स्पर्धामा ८० जना खेलाडीको सहभागिता रहेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्