बिराटनगरमा धानुका एग्रीटेक लिमिटेडको प्रशिक्षण तालिम


वीरेन्द्रकुमार साह
बिराटनगर। बिराटनगरमा किटनाशक बिक्री बितरण गर्ने व्यापारीहरुलाई १ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । बिराटनगरको नमस्कार होटलमा उक्त तालिम दिइएको हो ।

खाद्य सुरक्षा तथा कृषि व्यवसायी प्रवर्धन माहाशाखाका प्रमुख राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा धानुका एग्रीटेक लिमिटद्वारा उत्पादित मायकोर , गोडिबा सुपर वेटसिटको प्रयोगको बिषयमा प्रशिक्षण दिएको हो । वाली संरक्षण प्रयोगशालाका प्रमुख घणश्याम बराल , भारत , पटनाका डिजिएम वेद प्रकाश सिहं , मोहन कुमार झा प्रवन्धकको उपश्थिति थियो ।

कार्यक्रममा कोशी एग्रेवेटका संचालक यशंवत कुमार शाहको समेत उपस्थिति थियो । कार्यक्रमलाई बिराटनगरमा सफल बनाउन गोबिन झा र राजेश रंजन यादवले महत्वपूर्ण भूमिका खेलेको भन्दै भारत , पटनाका डिजिएम वेद प्रकाश सिहंले धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस्