उर्लाबारीमा दाउराको चिर्पट प्रहार गरेर छोराले गरे आमाको हत्या


उर्लाबारी, २ फागुन । मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका – ४ आईतबारेस्थित घरमै हिजो बेलुका ४ : ३५ बजेतिर घरायसी विवादका क्रममा ३५ वर्षिय गंगाप्रसाद भण्डारीले आमा ७० वर्षिया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।

गम्भिर घाईते आमा भण्डारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा राती १० : २५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । हत्या गर्ने गंगाप्रसाद अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्