कृषिमा क्रान्ति आवश्यकः उपमेयर लक्ष्मीदेवी भण्डारी


उर्लाबारी । मोरङको उर्लाबारीमा कृषि तथा पशु बिमा सम्बन्धि तीन दिवसीय आधारभुत तालिम आजबाट सुरु भएको छ । कृषि विभाग र नगरपालिकाको संयुक्त आयोजनामा तालिम सञ्चालन भएको उर्लाबारी नगरपलिका कृषि शाखाले जनाएको छ । नगरपालिकाको सभाहलमा सञ्चालन भइरहेको तालिममा नगरका माछा, बाली, च्याउ, पशु, मौरी लगायतका बिधाका ६० जना व्यवसायीक कृषक सहभागी भएका छन् ।

उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटनका क्रममा उहाँले नगरका कृषकहरूलाई आय आर्जनमा टेवा पुगोस भनेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

यहाँका धेरै किसानको मुख्य पेशा नै कृषि भएकोले उर्लावारी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ ‘नगरपालिका ले कृषि क्षेत्रका हरेक कार्यक्रमलाई प्राथमिकतामा राखेर कृषि आयोजनाहरु संचालन गरिरहेको छ । यी कार्यक्रममा सहभागी भएर तपाईंहरुले धेरै फाइदा लिनुहोस् ।’

उहाँले कृषि तथा पशु बिमा कार्यक्रमले भबिष्यमा हुन सक्ने जोखिमबाट बचाउने भएकोले कृषकलाई धेरै राहत मिल्ने बताउनुभएको छ । कृषि विभागका वरिष्ठ कृषि प्रचार अधिकृत शिव सुन्दर घिमिरे, कृषि अर्थविज्ञ लोकराज सुवेदी, बिमा समिति उपनिर्देशक पुनम ज्ञवाली, अोरियन्टल मार्केटिङ अफिसर गणेश श्रेष्ठले तालिममा प्रशिक्षण दिने उर्लाबारी नगरपालिका कृषि शाखा प्रमुख अम्बिका प्रसाद लुइँटेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्