उर्लाबारी ५ मा एमालेको टोल कमिटी गठन, अध्यक्षमा भट्टराई


उर्लाबारी, २९ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेकपा एमाले उर्लाबारीले टोल कमिटी गठनलाई तिब्र पारेको छ । पार्टीको जिल्ला कमिटीको निर्देशन अनुसार उर्लाबारीका सबै वडाहरुमा टोल कमिटी गठन तिब्र पारिएको छ ।

यसै क्रममा शनिवार उर्लाबारी ५ को तरुण चोकदेखी सिसौली सम्मको टोल कमिटी गठन गरिएको छ । बिष्णु भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय सिसौली तिरुपती टोल कमिटी गठन गरिएको एमाले उर्लाबारी ५ का अध्यक्ष संजिव सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्