उर्लाबारी ९ मा काँग्रेसको टोल समिति गठन


उर्लाबारी, २९ माघ । नेपाली कांग्रेस उर्लाबारी वार्ड नम्बर – ९ मा आज टोल समिति गठन गरिएको छ । मोरङ क्षेत्र नम्बर १ क्षेत्रीय सदस्य प्रकाश कन्दङ्वा,प्रदेस क उपसभापति लोलिम पोमु, उर्लाबारी नगर सचिब दिपक भट्टराई, वार्ड सभापति कैलास थापामगरको आतिथ्यतामा प्रताप तुम्बाहाम्फेको संयोजकत्वमा ४१ सदस्यीय टोल समिति गठन भएको छ।

समितिको उपसभापतिमा मोहन याक्ख़ा, सचिबमा मंगलसिंह लिम्बु, कोषाध्यक्षमा सपना राई र सहसचिबमा भगि लिम्बू रहनुभएको छ । कार्यक्रम बिजय लिम्बुले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्