उर्लाबारी महोत्सव : तेस्रो दिन आज अस्मिता अधिकारी र महेश काफ्‌लेको प्रस्तुती रहने


उर्लाबारी । मोरङको उर्लाबारीमा फागुन १५ देखि २५ गतेसम्म संचालित “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” को तेस्रँे दिन चर्चित गायिका अस्मिता अधिकारी र महेश काफ्‌लेको सागितिक प्रस्तुती रहने छ ।

बजारमा अधिकारीका ‘तिम्रो मायाले बाँधेर राख, टाढा भएपनि, फुलै फुल दिन्छौ कि’ जस्ता गितहरु हिट रहेका छन् भने गायक काफ्‌लेका ‘धन्यवाद मायालु, लज्जावती झार, माया विरानी’ जस्ता गितहरु हिट रहेका छन् ।

फागुन १८ गते शमिक्षा अधिकारी र डम्बर नेपालीको प्रस्तुती रहने छ । बजारमा अधिकारीका ‘बालापनको उमेर, आफ्‌नो आफ्‌नो दुःख, कन्या राशी, मनमा पर्‍यो चोट’ जस्ता गितहरु हिट छन् । अर्का गायक डम्बर नेपालीका बजार ‘आज आकाशमा एउटा तारा देखीन, अन्तिम पल्ट भेट्न आउ, विगे्रको मान्छे म’ जस्ता गितहरु हिट छन् ।
फागुन १९ गते नेपाली संगितीक आकाशमा चम्किएकी तारा मेलिना राइको प्रस्तुती रहने छन् । बजारमा गायिका राईका ‘जेल पनि सहुला, परानै दिन्छु, म भन्दा नि’ जस्ता हिट गितहरुले दर्शकलाई झुमाउने छिन् । सोही दिन उर्लाबारीकै स्थानिय उदयमान गायक सुरेश धिमालको पनि प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्