ओरेकद्धारा एकल तथा विपन्न महिलालाई सहयोग


उर्लाबारी, २८ माघ । महिला पुनस्थापना केन्द्र (ओरेक) ले दिगो जीविकोपार्जनका लागि कस्मेटिक सामान हस्तान्तरण गरेको छ । ओरेकले एकल तथा विपन्न महिला उर्लाबारी वडा नम्बर ४ वानडाडा बस्ने अम्बिका भट्टराई काफ्लेलाई उत्पादन र बिक्रीवितरण गर्नका लागि ५० हजार मूल्य बराबरको चुरा पोते लगायतका कस्मेटिक सामान हस्तान्तरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले उहाँकै घरमा गएर सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको छ ।हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख भण्डारीले एकल, लैङ्गिक हिंसा प्रभावित महिलाको आर्थिक सशक्तीकरणका लागि सहयोग गरेकोमा ओरेकलाई धन्यवाद ब्यक्त गर्नुभएको छ।

कार्यक्रममा ओरेक कार्यक्रम अधिकृत गोमा भण्डारी, धुर्वतारा महिला फेड्रेसन अध्यक्ष भिष्मा रेग्मी भट्टराई , सचिब तारा पौडेल, उर्लाबारी नगरपालिका वडा नम्बर ४ महिला सदस्य कृष्णमाया कार्की, अमृता दासको उपस्थिति रहेको थियो । उर्लाबारी ४ निवासी अम्बिका बिगत २ अघि श्रीमानको मृत्यु भएपछि ज्यालादारीको काम गर्दै जिविकोपार्जन गर्दै आउनुभएको छ । उहाँ राधिका माध्यमिक बिध्यालयमा कक्षा सातमा पढ्ने १४ बर्षिय छोरासंग बस्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्