एमाले उर्लाबारी स्थानिय निर्वाचनमा केन्द्रीत


उर्लाबारी, २८ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेकपा एमाले उर्लाबारीले त्यसका लागि गतिविधि सुरु गरेको छ । एमाले उर्लाबारीले वडा कमिटीका बैठकहरु राख्न सुरु गरेको छ भने भातृ संगठनहरुलाई चलायमान बनाउन थालेको छ ।

उर्लाबारीका टोलहरुमा समेत टोल कमिटी गठनलाई तिब्र पारेको छ । आज उर्लाबारीको दुर्गापुरी चोकमा एमालेको सुर्य चिन्ह फहराएर स्थानीय निर्वाचनको तयारी सुरु गरेको संकेत गरेको अध्यक्ष गंगाप्रसाद बास्तोलाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्