उर्लाबारीका मनोहरि दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश


उर्लाबारी । जनता समाजवादी पार्टी प्रदेश नं. १ का सदस्य मनोहरि दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । आज नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीलगायतको उपस्थितमा दाहाल सो पार्टीमा प्रवेश गर्नुभएको हो ।

नयाँ शक्तिका र संघीय समाजवादीको तर्फबाट २०७४ सालमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार बन्नुभएको थियो । उर्लाबारीका चर्चित होटल ब्यवसायीसमेत रहनु भएका दाहालले आफु नेकपा एकीकृत समाजवादीको विचारबाट प्रभावित भएर सो पार्टीमा समाहित भएको बताउनुभयो । जनता समाजवादी पार्टीभित्र मौलाएको गुटगत राजनीतिका कारण पार्टी छोड्नु परेको उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्