किवानिज क्लब बिर्तामोडमा लावती


बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘किवानिज क्लव’ को बिर्तामोड च्याप्टर स्थापना भएको छ । च्याप्टर स्थापनाका लागि किवानिज इटहरीले एक कार्यक्रमकाबीच बिर्तामोड च्याप्टरलाई मातृत्व प्रदान गरेको हो । किवानीज क्लब बिर्तामोडको प्रेसिडेन्टमा सिकुमसुन्दर लावती चयन भएका छन् ।
त्यसैगरी, प्रेसिडेन्ट एलेक्ट चन्द्रकला दाहाल, भाइस् प्रेसिडेन्ट डम्बरबहादुर विश्वकर्मा, सन्ध्या मास्के, सेक्रेटरी पार्वता श्रेष्ठ, भाइस् सेक्रेटरी इन्द्रसेन तामाङ र टे«जर तिलक श्रेष्ठ चयन भएका छन् ।

पहिलो पटक किवानीज क्लव बिर्तामोडको गठन गरेको क्लबका प्रेसिडेन्ट लावतीले जानकारी दिए । किवानीज क्लब अफ इटहरीका प्रेसिडेन्ट होमनाथ खड्काको अध्यक्षतामा भएको कार्यक्रममा किवानीज क्लब अफ नेपालका हेड एकराज पन्तको प्रमुख आतिथ्य रहेको थियो ।

क्लवले समाज र समुदायमा केही गरौं भन्ने लक्ष्यले विपन्न बालबालिकाको क्षमता अभिबृद्धि र स्वास्थ्यमा काम गर्दै आएको किवानिज चिल्डे«न फर्न सेक्रेटरी नेपालकी एन्जिला खड्काले जानकारी दिइन् । सामाजिक कार्य गर्दा आत्मसन्तुष्टि मिल्ने भएकाले सोही अनुरुप संस्था सामाजिक क्रियाकलापमा क्रियाशील रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्