उर्लाबारी ५ का सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामाग्री वितरण


उर्लाबारी, २६ माघ । उर्लाबारी नगरपालिका वडा नम्बर ५ ले सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामाग्री वितरण गरेको छ । वडा स्तरीय सामाजिक बिकास कार्यक्रमको सुत्केरी पोषण कार्यक्रम अन्तर्गत २ लाख ५० हजार बजेटबाट पोषण सामाग्री वितरण गरेको हो ।

आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाले वडाका ५० जना सुत्केरी तथा गर्भवती महिलालाई उक्त पोषण सामग्री वितरण गरेको छ । पोषण सामग्रीमा चामल २५ केजी, हर्लिस् आधा केजी, घ्यू १ केजी, दाल २ केजी, खाने तेल १ लिटर, नुहाउने साबुन, धुने साबुन, लगायतका सामग्रीहरु वितरण गरिएको छ । बितरण कार्यक्रममा उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नम्बर ५ का अध्यक्ष भानुभक्त शर्मा, सदस्यहरू रामकुमारी बिक, रबिन लामा, देवीकला राईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्