इमान्दार र निष्ठावान नेता कार्यकर्तालाई एमालेमा समाहित हुन सचिव खतिवडाको आह्वान


विराटनगर, २४ माघ । नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले इमान्दार र निष्ठावान नेता तथा कार्यकर्तालाई पार्टीमा समाहित हुने उपयुक्त अवसर स्थानीय तहको निर्वाचन भएको उल्लेख गर्नुभएको छ ।

सरकारले आगामी २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिती घोषणा गरेसँगै आफ्नो विचार राख्दै सचिव खतिवडाले नेकपा एमाले छोडेर बाहिर बस्नुहुने सम्पुर्ण इमान्दार र निष्ठावान कमरेडहरु उत्साहका साथ एमालेमा समाहित हुने उपयुुक्त अवसर स्थानीय तह निर्वाचनको मिति घोषणासंगै आएको बताउनुभएको छ ।

हिजो अस्तिसम्म अलमलमा बसिरहँदा खासै फरक पर्दैन थियो अब यदि तपाईको साच्चिकै कम्युनिस्ट पार्टीनै आफ्नो रोजाइ वा बिश्वास हो भने नेपालको कम्युनिस्ट आन्दोलनको मुल प्रबाह ,नेकपाको निरंतरताको रुपमा विकसित नेकपा एमालेमा समाहित हुन उहाँले आह्वान गर्नुभएको छ । सरकारले आगामी बैशाख ३० मा एकै चरणमा गर्नेगरी घोषणा गरेको स्थानीय तह निर्वाचनको एमालेले स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्