बिर्तामोडको प्रमुख प्रशासकीय अधिकृतमा न्यौपाने आउने


बिर्तामोड । करिव एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको बिर्तामोड नगरपालिकामा आइतबारदेखि पूर्ति हुने भएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर इमान्दार कर्मचारी अधिकृतको छबी बनाउनु भएका बिनोद न्यौपाने आउन लाग्नुभएको हो ।

बिर्तामोडका तात्कालिन प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललाई पाँचथरको फिदिम नगरपालिकामा सरुवा गरिएपछि पुस २६ देखि बिर्तामोड प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको थियो ।

शुक्रबारको निर्णयबाट न्यौपानेलाई दुहबी नगरपालिकाबाट बिर्तामोड नगरपालिकामा सरुवा गरिएको हो । बिराटनगरका स्थायी बासिन्दा न्यौपाने सोभन्दा पहिले झापाको राजगढमा बसोबास रहेको उहाँले बताउनुभयो । न्यौपानेले आइतबार बिर्तामोड नगरपालिकामा हाजिर हुने तयारी गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्