असोज १ देखि देखी सिटि स्क्यान ल्याउने अरनिको अस्पतालको तयारी


उर्लाबारी, १५ जेठ/मोरङको उर्लाबारी–५ स्कुलडाँडामा रहेको अरनिको अस्पतालले सीटी स्क्यान ल्याउने तयारी गरिरहेको छ ।
क्यानन मेडिकल सिस्टम जापानमा निर्मित अध्याधुनिक ३२ स्लाइसको डिजिटल सिटि स्क्यान अस्पतालले खरिद गर्न लागेको हो ।
करिब साढे तीन करोड रुपैयाँ मुल्य पर्ने सीटी स्क्यान खरिदका लागि कम्पनिका प्रतिनिधि धिरज थपलिया र अस्पतालका अध्यक्ष लोलिम पोमुबीच मंगलबार कन्ट्रयाक साइन भएको छ ।
अस्पतालको १० औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पोमुले आगामी असोज १ गतेदेखि सीटी स्क्यान सञ्चालनमा ल्याइने जानकारी दिए । अस्पतालले आफ्नो सेवा विस्तार गर्नेक्रममा सीटी स्क्यान सञ्चालनमा ल्याउन लागिएको पोमुको भनाई छ ।
अस्पतालको यो सुविधा पश्चात् भने यस आपासका विमारीहरुलाई सीटी स्क्यानका लागि विराटनगर, धरान र बिर्तामोड जानुपर्ने वाध्यता हट्ने छ ।
त्यस अवसरमा अस्पतालका सातजना कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको छ ।
मेडिकलकी विम्पल लिम्बु, एमर्जेन्सीकी शर्मिस्था लिम्बु, ओपीडीकी जुनुकला राई, प्याथोलोजीकी सान्तवना आले मगर, रिसेप्सनिष्ट हिमा श्रेष्ठ, फार्मेसीकी वन्दना प्रसाईं र सेक्युरिटीतर्फ रुकमान पोमु लिम्बुलाई पुरस्कृत गरिएको हो । सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीको प्राविधिक सहयोगमा रक्तदन कार्यक्रम आयोजना गरिएको अस्पतालका अध्यक्ष पोमुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्