सुनसरीमा ट्रक र बस आपसमा ठोक्किदा आगलागी, ३ जनाको मृत्यु


सुनसरी, २१ माघ । सुनसरीको कोशी गाउँपालिका १ लोकहीको खुनिया पुलमा ट्रक र बस एकआपसमा ठोक्किदा आगलागी भएको छ । गाडीमा आगलागी हुँदा इन्जिन पड्किने त्रासले उद्दार गर्न कठिनाई भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउँदै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किदा गाडीमा आगलागी भएको हो ।

घटनास्थलमा ३ जनाको मृत्यु भएको छ । सवार यात्रुहरुका अनुसार ट्रकका चालक, बसचालक र अन्य सवार दुई जना यात्रुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले घटना स्थलमा पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

समाचार श्रोतका अनुसार ट्रकमा सिमेन्ट लोड रहेको छ । आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले आगोलाई नियन्त्रण लिने प्रयास गरिरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्