अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता तयारी तिब्र


मधुमल्ल्ला – मोरङको मिक्लाजुङ गाउँपालिकामा माघ २६ गते बाट सुरुहुने दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी तिब्र पारीएको छ । माघ २६ गते देखी सुरु हुने प्रतियोगितालाई थप व्यवस्थित साथै गुणस्तरी बनाउन ९ वटै वडाका खेलाडीहरुका लागि आवस्यक खेलकुद सामग्रीहरुको वितरण गरिएको छ ।

बिहिबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राईले वडा नं. ९, ८, ७, ६, ३ र २ का खेलाडिहरुका लागि खेल सामग्रीहरु फुटबल, भलिवल र नेट वितरण गर्नु भएको छ । बाँकी रहेका वडा नं. १, ४ र ५ समेत तत्काल खेलकुद सामग्री वितरण गरिने साथै सबै वडाका खेलाडीहरुका लागि जर्सी समेत वितरण गरिने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा खेलकुद बिकास समिति संयोजक सरला राईले बताउनु भयो ।

गत बर्ष बाट शुरु भएको अध्यक्ष कफ रनिङ शिल्ड फुटबल प्रतियोगिता माघ २६ गते बाट मनोहर जनता मा.वि. मिक्लाजुङ वडा नं. ७ को खेल मैदानमा संचालन हुदैं छ । अध्यक्ष कप रनिङ सिल्ड फुटबल प्रतियोगिताले मिक्लाजुङ क्षेत्रको फुटबल खेलको बिकासमा सहयोग पु¥याउने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताउनु भयो । गत बर्षको अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले हात पारेको थियो भने वडा नं. ४ उपबिजेता बनेको थियो ।

यस बर्ष भने मिक्लाजुङ वडा नं. ७ र ४ बिच पहिलो उद्घाटन खेल हुने भएको छ । खेलमा मिक्लाजुङ गाउँपालिकाका ९ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हाँशिल गर्नेले क्रमश ५१ हजार, ३१ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रतिक्रिया दिनुहोस्