बिमा बोर्डको सदस्यमा लोलिम पोमु मनोनित
उर्लाबारी – नेपाली कांग्रेस मोरङ् क्षेत्र नम्बर १(१) का उप-सभापति लोलिम पोमु लिम्बु स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनित भएका छन् ।
उर्लाबारीस्थित अरनिको हस्पिटलका अध्यक्ष समेत रहेका लिम्बुलाई गत माघ १४ गते माननिय मन्त्रीस्तरको निर्णयअनुसार ४ वर्ष पदावधि रहने गरी बोर्डमा मनोनित गरिएको बताईएको छ ।
उनलाई मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच स्वास्थ्य मन्त्री मोहन बस्नेतले बोर्डको सदस्यमा मनोनित गरेका हुन् ।