उर्लाबारी ५ मा ५१ जना किशोरलाई निशुल्क फुटवल प्रशिक्षण


उर्लाबारी । सानैदेखी खेलकुदमा दक्ष बनाउने उदेश्यका साथ उर्लाबारी वडा नं. ५ कार्यालयले वडाका किशोरहरुलाई नि शुल्क फुटवल प्रशिक्षण दिईरहेको छ । किशोर अवस्थादेखी नै लागुऔषध लगायतका दुरव्यसनमा नफसुन् र खेलकुद क्षेत्रमा ब्यस्त राख्ने उदेश्यका साथ वडाभित्रका किशोरहरुलाई वडाले फुटवल प्रशिक्षण गरिरहेको वडाध्यक्ष रविन लामाले जानकारी दिनुभएको छ ।

“खेलकुद विकासमा हाम्रो सान ,युवा नेत्रित्व हाम्रो अभियान‘’ मूल नाराका साथ फुटवल प्रशिक्षण गरिएको हो । उर्लाबारीमा पछिल्लो समय खेलकुद गतिविधि सुस्ताउँदै गएको र यहाँबाट उत्पादन भएका खेलाडीहरु पनि विदेश पलायन हुँदै गएपछी उर्लाबारी ५ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका १५ वर्ष मुनिका खेलाडीहरुको खेल बिकास गर्ने उदेश्यले ५१ जना किशोरलाई प्रशिक्षणको व्यवस्था गरेको हो ।

उक्त प्रशिक्षण कार्यक्रम दुई साता भन्दा बढी समयदेखी चल्दै आएको छ । वडामा बिनियोजन गरिएको खेलकुद क्षेत्रको बजेटले खेलाडीहरु नै उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको वडाध्यक्ष लामाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्