नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला बढी


काठमाडौं । नेपालको जनसंख्या पछिल्लो ८० वर्षकै कम भएको पाइएको छ । यो वर्ष सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर कम देखिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।
पुरुषको संख्या महिलाको तुलनामा कम छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्