मारवाडी युवा मञ्चद्वारा मैत्रीपूर्ण फुटसल


उर्लाबारी – उर्लाबारीमा अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मैत्रीपूर्ण फुटसल सम्पन्न भएकाे छ। मारवाडी युवा मञ्च उर्लाबारीकाे आयाेजनामा साे मैत्रीपूर्ण फुटसल खेल भएकाे मारवाडी युवा मञ्च उर्लाबारीका अध्यक्ष विजय बाहेतीले जानकारी दिनु भयाे।

उर्लाबारी ४ स्थित फुटसल मैदानमा आयाेजित मैत्रीपूर्ण खेलमा मारवाडी युवा मञ्च, उर्लाबारी जेसीस, उर्लाबारी राेट्रास्य क्लब, लायन्स क्लब उर्लाबारी, उर्लाबारी क्रिकेट वरियर्सकाे सहभागिता रहेकाे थियाे। उक्त मैत्रीपूर्ण खेलमा उर्लाबारी जेसीजका अध्यक्ष सिताराम ओझा, लायन्स क्लब उर्लाबारीका अध्यक्ष नित्तम चाैहान लगायतकाे सहभागिता रहेकाे थियाे।

युवा दिवसकाे अवसर पारेर युवाहरु बिच भेटघाट, अनुभव आदान प्रदान, एकआपसमा परिचय, समन्वय गर्दै शुभकामना साटासाट गर्ने उदेश्यले मैत्रीपूर्ण फुटसल खेल आयाेजना गरिएको आयाेजक उर्लाबारी युवा मञ्चले जनाएको छ। आगामी दिनमा युवाकाे नेतृत्व र व्यतित्व विकासका लागि थप महत्त्वपूर्ण रचनात्मक कार्य गर्दै जाने अध्यक्ष बाहेतीले बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस्