सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ : मन्त्री खतिवडा


विराटनगर, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ते बताएका हुन् ।

“सरकार स्थानीय तहको निर्वाचन नगराउने पक्षमा छैन,” समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,“निर्वाचन आयोगले माघ पहिलो हप्ता स्थानीय तहको चुनाव घोषणा गर्न सुझाव दिएकाले त्यहीअनुसार सरकारले निर्णय गरेर घोषणा गर्ने तयारी गरेको छ ।”

विपक्षी दल नेकपा (एमाले)ले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो । अर्को प्रशंगमा मन्त्री खतिवडाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्कालनलाई सावधान भएको बताए । उनले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्