रचना रिमालले मच्चाईन उर्लाबारीमा सांगितिक धमाका



उर्लाबारी – उर्लाबारीमा जारी प्रादेशिक औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सव -२०७९ मा चर्चित गायिका रचना रिमालले सांगीतिक धमाका मच्चाएकी छिन।

बुधबार राति उनको बेजोड प्रस्तुतिले दर्शकहरुले भरपुर मनोरंजन लिएका छन्। राष्ट्रिय ख्याति प्राप्त चर्चित गायिका रचनाले “कहिले मिलन कहिले बिछोड, मया पिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, उनको प्रीति, सम्झिनी पानी छम्किनी, तिमी पोख्रली म परे झापाली, हजुर मुसुक्कै, ढुंगे धारामा, खुट्टा तान्दै गर, पाउडर क्रिमले लगायतका गीत मार्फत दर्शकहरुलाई नचाउन सफल भएकी थिइन् । उनको गीतमा दर्शकहरुको हुटिङ र उनीसँगै नाच्न दर्शकहरु समेत तम्सिएका थिए ।

प्रतिक्रिया दिनुहोस्