उर्लाबारी महोत्सवमा आज रचना रिमालको प्रस्तुति रहने



उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा आज चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने भएको छ । गायिका रिमालसँगै मानसराजको पनि प्रस्तुति रहने आयोजकका महासचिब हेमराज गुरुङले जानकारी दिनुभयो । आज गायिका रिमालले महोत्सव तताउने आयोजक समितिका संयोजक भरत भट्टराईले बताउनुभयो । गायिका रिमालले आफ्ना हिट गीतहरुमार्फत मनोरञ्जन प्रदान गर्नेछिन् ।

अहिलेसम्म उत्साजनक सहभागिता रहेको उहाँको भनाई छ । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बंगलादेशका गरी १७० स्टल राखिएको महोत्सव आयोजक समितिका सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो ।

९ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनुभयो । उर्लाबारी–४ नगरपालिका कार्यालय पूर्वपट्टि महोत्सव लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्