उर्लाबारी प्रादेशिक महोत्सव : ज्योतीको प्रस्तुतीमा झुम्मिए दर्शक



उर्लाबारी, २३ माघ । आईतबारको साँझ । माघको जाडोले छाडिनसकेको अवस्था छ । तर, उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा सेतै कपाल फुलेका आधाबैशेहरु पनि हौसिएका छन् । जोसिएर हुलबाट हात ठड्याइरहेका छन् ।

यसरी सबैलाई जोस्याउने हुन्, अहिले हट गायिकाको उपमा पाएकी ज्योती मगर । आईतबार रातको ९ बजे उर्लाबारी – ४ स्थित महोत्सव स्थलको स्टेज चढेकी ज्यातिले चिसो मौसममा पनि दर्शकलाई तताउने र मत्ताउने पुरानै शैली पछ्याईन् । मनोरन्जनकी रानी ज्यातिले उत्तेजक हाउभाउ र शैलीमा गीत गाउँन थालेपछि वैंशालु दर्शकहरुलाई चिसो मौसमले छुनै सकेन । दर्शक मात्र होईन आयोजक समितिका सदस्यहरु नै उत्साहित भएर मनोरञ्जन लिईरहेका थिए ।

शनिवारदेखि सुरु भएको महोत्सवमा आईतबार ज्योतीको प्रस्तुती हेर्न हजारौँ दर्शक झुम्मिएका थिए । जिम्मलबाउकी छोरी, अँध्यारोमा लाको मायाँ, उही मुलाको सिन्की, उही मुलाको चाना, ढाडे बिरालु लगायत गीत ज्योतीले गाईन् । आफ्नो प्रस्तुतीको अन्त्यमा उनले साडी चोलो लगाएर राष्ट्रिय गित गाउँदा दर्शकले मनोरञ्जन प्राप्त नगर्ने हुँदा आफुलाई सजिलो लाग्ने कपडा लगाएरै गित प्रस्तुत गर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्