गायक नन्दु गुरुङको ‘आउँदैछु पियारी’ सार्वजनिक



उर्लाबारी । प्रायजसो मोफसलमै रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक नन्दु गरुङले नयाँ गीतको भिडियो ल्याएका छन् । उनको स्वरमा रहेको ‘आउँदैछु पियारी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।

बरिष्ठ कवि तथा गीतकार अम्बिका गुरुङले लेखेको यस गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ भने नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।

भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव मार्फत सार्वजनिक भएको भिडियोमा चर्तित मोडल सुधिर श्रेष्ठ र सुशिला थापाले अभिनय गरेका छन् । दोलखाको रमणीय स्थल कालिञ्चोकका विभिन्न रमणीय स्थलहरुलाई रोमाञ्चक तरिकाले कैद गरिएको यस भिडियोमा छायांकन, सम्पादन र निर्देशन निसान घिमिरेले गरेका छन् ।

भिडियो आज मात्र सार्वजनिक भएको हो । गायक गुरुङले पहिलेका आफ्ना प्रस्तुतिहरुमा झैं यस गीतमा पनि आफूलाई दर्शक तथा श्रोताहरुको माया मिल्ने विश्वास व्यक्त गरेका छन् । यो गीतको अडियोको तयारीदेखि भिडियो सावएननिक गर्दाको अवस्थासम्म आउँदा धेरै मेहनत गरेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्