छैठौ भोजपुर अल्ट्रा ट्रेल रेस – २०७९ को तयारी सुरु



भोजपुर, ६ माघ । छैठौँ भोजपुर अल्ट्रा ट्रेल रेस – २०७९ को तयारी सुरु गरिएको छ । आगामी चैत १८ अप्रिल फस्टमा हुने रेसको तयारी सुरु गरिएको आयोजक मिरा राई फाउण्डेशनका अध्यक्ष खेमराज राईले जानकारी दिनुभएको छ ।

पौवादुङ्मा गाउँपालिका – ५ सानोदुङ्मामा हुने अल्ट्रा ट्रेल रेसमा देशभरका ३ सय बढीको सहभागिता रहनेछ । गत वर्षको रेसमा ३५० धावक सहभागी भएका थिए । अल्ट्रा ट्रेल रेस ५० किलोमिटरको हुनेछ । आयोजक मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईका अनुसार पुरुष र महिला दुबै बिधातर्फ प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको दुबै बिधामा प्रथम हुनेले रु ६० हजार, द्धितिय हुनेले रु ३० हजार, तृतिय हुनेले रु २० हजार, चौथोलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

यस्तै स्थानीयका लागि १० किलोमिटरको अल्ट्रा ट्रेल रेस पनि हुने भएको छ । त्यसमा प्रथम हुनेले रु १० हजार, द्धितिय हुनेले रु ५ हजार, तृतिय हुनेले रु ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि तयारी सुरु गरिएको र माघ १० देखी अनलाईन फर्म खुल्ला गरिने कोषाध्यक्ष राईले जानकारी दिनुभयो । प्रतियोगिताका लागि १ नम्बर प्रदेश सरकार र पौवादुङ्मा गाउँपालिकासहितले आर्थिक सहयोग गर्नेछ । गतवर्षको रेसमा पुरुषतर्फ ६ घण्टा ३० मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै भोजपुरकै उमेश राई र महिला तर्फ ९ घण्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै धरानकी निकी नेम्वाङ प्रथम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्