नेपालमा आज एकैदिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो। आज पाँच महिनापछि एकैदिन ५ हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो । देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोभिड १९को संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।

यसैगरी ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्