नरमाया–गणेश फाउण्डेशनद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण


उर्लाबारी, ३० पुस । नरमाया–गणेश फाउण्डेशन उर्लाबारीले आज राजघाट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।

सो फाण्डेशनका अध्यक्ष सुजता नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयका एक सय जना विद्यार्थीलाई न्यानो कपडा स्विटर र शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । वितरण कार्यक्रममा फाउण्डेशनले शैक्षिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख फागोले नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उक्त फाउण्डेशन शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका उर्लाबारी ५ निवासी गणेशप्रसाद दाहाल र उहाँको आमाको स्मृतिमा स्थापना गरिएको फाउण्डेशनका संरक्षक क्षितिज दाहालले बताउनुभयो । ३० वर्ष भन्दा बढी शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका शिक्षासेवी दाहालको मृगौला रोगका कारण ६ महिनाअघि निधन भएको थियो । सोही अवसरमा नगर प्रमुख फागोल सोे विद्यालयमा निर्मित कम्प्युटर ल्याब कक्षको उद्घाटन समेत गर्नुभएको प्रधानाध्यापक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्