उर्लाबारीमा आजपनि बिहानै दुर्घटना, ३ जना घाईते


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-३ स्थित पुर्बपस्चिम राजमार्गमा पर्ने सोल्टी खोला पुलको डिभाइडरमा म्याजिक भेन अनियंत्रित भै ठोक्किर दुर्घटनामा परेको छ ।

बिराटनगरबाट खाध्य सामाग्री बोकेर झापाको दमकका लागि हिडेको प्रदेश १-०२००२च ४२६७ नम्बरको म्याजिक भेन अनियंत्रित भै पुलको डिभाईडरमा ठोक्किन पुगेको प्रहरिले जनाएको छ ।

दुर्घटनामा परि भेनका चालक बिराटनगर बस्ने अजयकुमार शाहको हात र खुट्टामा सामान्य चोट लागेको छ । भने कामदार सद्दाम हुसेन र अनवर अन्सारी लाई सामान्य चोटपटक लागेको अस्थाई प्रहरी चौकी मगलबारेका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधानले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रवार बिहान करिब ६:३० बजेको समयमा भएको दुर्घटनामा भेनका चालक निदाएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । घट्नाको बिस्तृत अनुसन्धानका लागि भेन र भेनका चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ । यस अघि सोही पुलमा बुधबार बिहानै मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा उर्लाबारी-७ बस्ने निस्चल बानियाँको घटनास्थलमै मृत्यु भएको थियो । – कुमार खड्काबाट

प्रतिक्रिया दिनुहोस्