उर्लाबारी साकोसको १६ औँ स्थापना दिवसमा सम्मान् र पुरस्कार


उर्लाबारी, २८ पुस । मोरङको उर्लाबारी नगरपालिका – ५ मा अवस्थित उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १६ बर्ष पुगेको अबसरमा आज स्थापना दिवस मनाएको छ ।

संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष गोपालकुमार घिमिरेको अध्यक्षता तथा स्थापनादेखीका अग्रज शेयर सदस्य घनेन्द्रप्रसाद आपागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अग्रज २३ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यस्तै बर्षभरी उत्कृष्ट कारोबार गर्ने ७ जना शेयर सदस्य तथा बाल बचत तर्फ १० जना बाल बचतकर्ताहरुलाई पनि पुरस्कृत गरिएको सचिव नेत्र आगापाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्