अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने भएको हो।

फिफाले जरिवाना भने तोकिसकेको छैन । तर, दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने बताईएको छ । विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिडेका थिए । तनावपूर्ण खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो ।

त्यस खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए।

यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो। अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा १७ जनाले पहेलो कार्ड पाएका थिए । जसमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्