रतुवामाईका मेयर राईद्धारा परराष्ट्र मन्त्री खड्कासँग भेट


रतुवामाई, २७ पुस । मोरङको रतुवामाईका मेयर रविन राईले परराष्ट्र मन्त्री नारायण खड्कासँग मंगलबार भेट गर्नुभएको छ । मेयर राईले मन्त्री खड्कासँग वैदेशिक रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले जेलपरेका, विभिन्न मुलुकमा अलपत्र परेका रतुवामाई नगरपालिकाका नगरवासीलाई उद्धार गरि स्वदेश ल्याउने विषयमा छलफल गर्नुभएको थियो ।

मेयर राईले विदेशमा समस्यामा रहेका नगरवासीहरुको समस्या समाधान लगायतका छलफल गर्नु भएको छ । काठमाण्डौँमा रहनुभएका मेयर राईले यसअघि रतुवामाई नगरका स्वास्थ्य चौकीहरुको भवन निर्माणका लागि आवश्यक बजेट र रतुवामाई नगर अस्पताल झुर्कियालाई सुविधा सम्पन्न बनाउन विभिन्न स्वास्थ्य उपकरणको माग सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँग पनि भेट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्